१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली रसुवामा

त्रिशूली–३ ‘बी’ सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली रसुवामा

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार गर्न चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

दुई दिनदेखि उद्धारको प्रयास जारी रहेका बेला सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ विज्ञ टोली रसुवा पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चिनियाँ हेलिकप्टरबाट सिधै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गरेर संयुक्त रूपमा उद्धारको काम अघि बढाउनेछ। संयुक्त टोलीले अहिले सुरुङभित्रको अवस्था र उद्धारको प्राविधिक सम्भाव्यता अध्ययन गरिरहेको छ।

प्रारम्भिक अध्ययनपछि उद्धार सम्भव देखिएमा चीनतर्फ रसुवा सीमामा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञहरूलाई पनि तुरुन्त घटनास्थलमा बोलाइने सचिवालयले बताएको छ।