१४ भदौ २०८३, आइतवार
30 August 2026, Sunday

भोटेकोशीमा फेरि बाढी, स्थानीयलाई सतर्क रहन आग्रह

भोटेकोशीमा फेरि बाढी, स्थानीयलाई सतर्क रहन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा फेरि बाढी आएको छ। ल्हेन्दे खोला हुँदै भोटेकोशीमा बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए।

बाढीबाट हुन सक्ने मानवीय र भौतिक क्षतिबाट जोगिन नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

यसअघि भदौ १० गते पनि ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।