भोटेकोसीको माछा नखान र पानी नपिउन प्रहरीको आग्रह
- १५ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल प्रहरीले भोटेकोसी बेसिन क्षेत्रका माछा र अन्य नदीजन्य पदार्थ नखान आग्रह गरेको छ। बाढीसँगै बगेर आएका शव, मरेका जनावर र फोहोरका कारण पानीमा हानिकारक कीटाणु मिसिएको भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो।
नदीको पानी नपिउन र त्यहाँबाट माछा मारेर घर लैजाने वा खाने काम नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ। यस्तो दूषित पानी र त्यहाँ पाइने खाद्यपदार्थको प्रयोग गर्दा हैजा, झाडापखाला र छालामा संक्रमण जस्ता गम्भीर रोग फैलिन सक्ने प्रहरीले बताएको छ।