माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- २० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- नुवाकोटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको छ।
नेपाली सेना र कोरियाको विपद् व्यवस्थापन टोलीले आज दिउँसो १ बजेर २० मिनेटमा आयोजनाको अडिट–४ सुरुङबाट उनको उद्धार गरेका हुन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले यस आयोजनामा ठूलो क्षति पुर्याएको थियो। त्यही बाढीका कारण उनी सुरुङमा फसेका थिए।