३१ भदौ २०८३, बुधबार
16 September 2026, Wednesday

प्रधानमन्त्री शाह र जापानी राजदूतबीच भेटवार्ता, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

प्रधानमन्त्री शाह र जापानी राजदूतबीच भेटवार्ता, पुनर्निर्माणमा सघाउने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानी राजदूत माइदा तोरुबीच आज शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को समयमा बाढी प्रभावित नागरिक र नेपाल सरकारप्रति जापानले देखाएको सद्भाव र सहयोगका लागि आभार व्यक्त गरे।

त्यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्दै विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटमा नेपाल र जापानबीचको आपसी सम्बन्ध र भइरहेको सहकार्यका विषयमा पनि छलफल भएको छ।