३ अशोज २०८३, शनिबार
19 September 2026, Saturday

टुँडिखेलमा भव्य रूपमा मनाइयो ११ औँ संविधान दिवस

टुँडिखेलमा भव्य रूपमा मनाइयो ११ औँ संविधान दिवस

काठमाडौं- संविधानसभाबाट नयाँ संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।

संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री वालेन्द्र शाहलगायत विशिष्ट व्यक्तिहरू सहभागी भए। समारोहमा नेपाली सेना र सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले मार्चपास गर्नुका साथै शान्तिको प्रतीकका रूपमा परेवा उडाएका थिए।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते सङ्घीयतासहितको नयाँ संविधान जारी गरेका थिए। सोही ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।