७ अशोज २०८३, बुधबार
23 September 2026, Wednesday

प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री वाग्लेले सम्हाल्ने

प्रधानमन्त्रीको कार्यभार अर्थमन्त्री वाग्लेले सम्हाल्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि उनको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा नेपालको संविधानअनुसार अर्थमन्त्री वाग्लेलाई दैनिक प्रशासनिक काम सम्हाल्ने जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले आज जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ।