न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबिच भेट
- ०८ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबिच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा उनीहरूबिच बुधबार भेट भएको हो।
भेटमा फिनल्यान्डका विदेशमन्त्री एलिनाले नेपालमा हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन्। परराष्ट्रमन्त्री खनालले उनको यो सद्भावका लागि धन्यवाद दिए।
त्यस अवसरमा उनीहरूले नेपाल र फिनल्यान्डबिचको सम्बन्ध थप बलियो बनाउने विषयमा कुराकानी गरे। साथै, दुवै देशको साझा हित र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गर्ने बारेमा पनि उनीहरूले छलफल गरे।