१० अशोज २०८३, शनिबार
26 September 2026, Saturday

पर्वत कांग्रेसमा नयाँ तरङ्ग: २३ वर्षीय मनोज सुवेदी खुल्लाबाट महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत कांग्रेसमा नयाँ तरङ्ग: २३ वर्षीय मनोज सुवेदी खुल्लाबाट महाधिवेशन प्रतिनिधि भिड्दै

काठमाडौं- नेपाल विद्यार्थी संघका युवा नेता २३ वर्षीय मनोज सुवेदीले पर्वत कांग्रेसको क्षेत्रीय अधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका छन्। कानुन अध्ययनरत सुवेदी नेविसंघ गण्डकी विश्वविद्यालयका सभापति पनि हुन्। उनी वैचारिक युवा नेताका रूपमा चिनिन्छन्।

कांग्रेस र लोकतन्त्रको पक्षमा सक्रिय रूपमा कलम चलाउँदै आएका उनले यसपटक ३५ वर्षमुनिको युवा कोटाबाट नभई खुल्ला तर्फबाट उम्मेदवारी दिएका हुन्। युवा कोटामा चुनाव लड्दा युवा–युवाबीच नै प्रतिस्पर्धा हुने भएकाले नयाँ पुस्ताको मुद्दा स्थापित गर्न आफूले खुल्लातर्फबाट उम्मेदवारी दिएको उनले बताए।

उनले देशभरका युवालाई युवा कोटामा सकभर सहमति गर्न र नभए थोरै मात्र प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्। अन्यथा खुल्लातर्फ सबै युवाले पराजय बेहोरेमा पार्टी संरचनामा युवा सहभागिता घट्ने उनको भनाइ छ। राजनीति व्यक्तिगत लाभ र हानिका लागि नभई समग्र समुदाय र युवाको हितमा हुनुपर्ने उनले तर्क गरे।