९ अशोज २०८३, शुक्रबार
25 September 2026, Friday

महासभा सम्बोधन अघि प्रधानमन्त्री बालेनलाई नेपाली समुदायको साथ

महासभा सम्बोधन अघि प्रधानमन्त्री बालेनलाई नेपाली समुदायको साथ

जीवन तिमिल्सिना, न्युयोर्क- संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुअघि प्रधानमन्त्री बालेन शाहलाई नेपाली समुदायले समर्थन जनाएका छन्। त्यहाँ रहेका नेपालीहरूले प्रधानमन्त्रीको कार्यक्रम सुरु हुनुअघि भेला भएर आफ्नो साथ दिएका हुन्।

उनीहरूले ‘हामी प्रधानमन्त्रीको साथ छौँ’ भन्दै नारा लगाएर हौसला बढाए। महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्न लागेका बालेनलाई उपस्थित नेपालीले बलियो समर्थन देखाए। समुदायको यो उपस्थितिले प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय मञ्चमा कुरा राख्न थप उर्जा मिलेको छ।