आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झनामा तर्पण र पिण्डदान गरिँदै
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- आफ्ना दिवङ्गत पितृको सम्झनामा गरिने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने यो पक्ष औँसीसम्म चल्छ।
सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा तिथिमा दिवङ्गत भएका पितृहरूको सम्झनामा श्राद्ध, तर्पण र पिण्डदान गरिँदैछ। यस अवसरमा काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर तथा देशभरका प्रमुख तीर्थस्थल र नदी किनारहरूमा श्राद्ध गर्ने श्रद्धालुहरूको घुइँचो लागेको छ।
यो अवधिमा पितृहरूको सम्झनामा विधिपूर्वक तर्पण र पिण्डदान गर्दा पितृऋणबाट मुक्ति मिल्ने र पारिवारिक सुख-शान्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।