१२ अशोज २०८३, सोमवार
28 September 2026, Monday

तिनाउ बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार सुरक्षित ठाउँमा सारिए

तिनाउ बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवार सुरक्षित ठाउँमा सारिए

काठमाडौं- लगातारको वर्षासँगै रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार शनिबार राति नदीमा आएको बाढीले दुईवटा पक्की र चारवटा कच्ची घर बगाएको हो।

तिनाउ नदी र आसपासका खोलामा पानीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्र उच्च जोखिममा परेको छ। जोखिम बढेसँगै नदी किनारमा बस्दै आएका करिब २०० परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ।