मनाङको हिमलुङ हिमालमा हिमपहिरो : १० नेपाली सहयोगी बेपत्ता
- ११ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना नेपाली सम्पर्कविहीन भएका छन्। विदेशी आरोहीहरुको आरोहण तयारीका लागि गएका उनीहरु करिब ५ हजार मिटरको उचाइमा हिमपहिरोमा परेका हुन्।
नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन सारु मगरका अनुसार, विदेशी टोली आउनुअघि क्याम्प, खानपिन र प्राविधिक तयारी गर्न २८ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए। तिनैमध्ये १० जना बेपत्ता भएका हुन्।
हराएकाहरुको खोजी र उद्धारका लागि हेलिकोप्टर पठाइएको छ। घटनाको पूर्ण विवरण अझै आइसकेको छैन।