१४ अशोज २०८३, बुधबार
30 September 2026, Wednesday

पूर्वप्रधानन्यायाधीश राणा पक्राउ परेका होइनन्, सुरक्षित ठाउँमा सारिएको हो : मन्त्री पोखरेल

पूर्वप्रधानन्यायाधीश राणा पक्राउ परेका होइनन्, सुरक्षित ठाउँमा सारिएको हो : मन्त्री पोखरेल

काठमाडौं- सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ नगरेको स्पष्ट पारेको छ। उनलाई सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा मात्र सारिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले राणाको मोबाइलमा म्यासेजमार्फत धम्की आएको जानकारी दिए। परिवारबाट पनि थप सुरक्षाको माग गर्दै निवेदन परेकाले उनलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको उनले प्रस्ट पारे। हल्ला फैलिए जस्तो उनलाई नियन्त्रणमा लिइएको होइन।

मन्त्री पोखरेलका अनुसार राणालाई बाहिर चर्चा गरिए जस्तो ‘जेनजी’ समूहबाट धम्की आएको होइन। उनलाई कुनै अपरिचित समूहले धम्की दिएको अनुसन्धानबाट खुलेको मन्त्री पोखरेलले बताए।