१५ अशोज २०८३, बिहिबार
1 October 2026, Thursday

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवतजावत बन्द

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचियो, आवतजावत बन्द

कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर आज बिहान भाँचिएको छ। पानीको बेगले पिल्लर भत्काएपछि पुलबाट हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले पुलको करिब ६ मिटर भाग मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए। उनका अनुसार पुलको भाग माथि उठेर बाटो अवरोध भएपछि अहिले सो क्षेत्रमा प्रहरी टोली खटिएको छ।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने यो पुल करिब दुई दशकअघि बनेको थियो। भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले प्राविधिक टोली आएर पुलको निरीक्षण गर्ने जानकारी दिए।