१७ अशोज २०८३, शनिबार
3 October 2026, Saturday

न्युयोर्कमा ‘पेन्सन पट्टा’ प्रदर्शन हुँदै

न्युयोर्कमा ‘पेन्सन पट्टा’ प्रदर्शन हुँदै

न्युयोर्क- निर्देशक माओत्से गुरुङले निर्देशन गरेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ अक्टोबर ४ र ५ मा अमेरिकाको न्युयोर्कमा प्रदर्शन हुँदैछ। न्युयोर्कको उडसाइडमा रहेको ‘द प्यालेस’मा यो चलचित्र देखाउन लागिएको हो।

आयोजक डा. सुलोचना गुरुङले बताए अनुसार, अक्टोबर ४ मा दिउँसो १ बजे र ५ तारिख साँझ ५:३० बजे चलचित्र प्रदर्शन हुनेछ। दर्शकले अनलाइन वा सिधै हातबाट पनि टिकट लिन सक्नेछन्।

नानु क्रियटिभ्स् मिडिया, इस्सेन्स स्माइल्स् र टिलिभ्सले यो चलचित्र न्युयोर्कमा देखाउन लागेका हुन्। अमेरिकाभर प्रदर्शन गर्ने अधिकार नानु क्रियटिभ्स् र इस्सेन्स स्माइल्स्ले पाएका छन् भने टिकट बिक्री र व्यवस्थापनको जिम्मा माया डिजिटल युएसएले लिएको छ। अब यो चलचित्र अमेरिकाका अन्य विभिन्न शहरमा पनि देखाइने आयोजकले जनाएका छन्।

लाहुरे जीवन, गुरुङ संस्कृति र पारिवारिक वियोगको कथा समेटिएको यस चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङको मुख्य भूमिका छ। साथै, स्वर्गीय सुनिल थापा, पशुपति राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर लगायतका कलाकारले यसमा अभिनय गरेका छन्। अहिलेसम्म ‘पेन्सन पट्टा’ले ७ करोडभन्दा बढी कमाइ गरिसकेको छ।