बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै
- २५ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौँ – नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गर्दैछन्। दसैँघर वा पूजाकोठामा विधिपूर्वक जमरा राखेर नवदुर्गाको पहिलो स्वरूप शैलपुत्री देवीको पूजाआराधना गरिन्छ।
घटस्थापना गरेपछि शैलपुत्रीको आह्वान गरेर पूजा गर्ने चलन छ। हिमालयकी छोरी पार्वती नै शैलपुत्री भएको कुरा देवीकवच र मार्कण्डेय पुराणजस्ता धार्मिक ग्रन्थमा उल्लेख छ। आज घटस्थापना गरेसँगै नेपालीहरूको महान् चाड बडादसैँ औपचारिक रूपमा सुरु भएको छ।