२७ अशोज २०८३, मङ्लबार
13 October 2026, Tuesday

३० लाख नेपालीलाई बाथ रोग

३० लाख नेपालीलाई बाथ रोग

नेपालमा करिब ३० लाख मानिसलाई बाथ रोगको समस्या रहेको पाइएको छ। विश्व बाथरोग दिवसको अवसरमा आरोग्य स्वास्थ्य सदनका प्रमुख डा. बुद्धि पौडेलले यो कुराको जानकारी दिए।

उनले बाथ रोगले सबै उमेरका मानिसलाई असर गर्ने बताए। समयमै उपचार नगरे जोर्नी बाङ्गिने, कुरूप हुने र शरीर सधैँका लागि कमजोर हुने उनले जानकारी दिए। पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा. केशव सिग्देलले जाडो मौसममा यो रोगको दुखाइ झनै बढ्ने बताए। पछिल्ला वर्षहरूमा बाथका बिरामीहरू निकै बढेका छन्।

धेरै मानिसले बाथलाई ‘युरिक एसिड’ वा सामान्य जोर्नी दुखाइ मात्र सोचेर बेवास्ता गर्ने गरेको भन्दै डा. सिग्देलले समयमै उपचार गर्न आग्रह गरे। विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर १२ मा यो दिवस मनाउँदै आएको छ। बाथरोगका बिरामीलाई लक्षित गर्दै नेपाल बाथरोगमैत्री समाजले निःशुल्क स्वास्थ्य शिविरसमेत चलाउँदै आएको जनाएको छ।