२७ अशोज २०८३, मङ्लबार
13 October 2026, Tuesday

दसैँ मनाउन गाउँ फर्किनेको घुइँचो, नयाँ बसपार्कमा यात्रुको चाप

दसैँ मनाउन गाउँ फर्किनेको घुइँचो, नयाँ बसपार्कमा यात्रुको चाप

दसैँ नजिकिएसँगै काठमाडौँको नयाँ बसपार्कबाट आफ्नो गाउँ फर्किने यात्रुको चाप निकै बढेको छ। रोजगारी तथा अध्ययनका लागि राजधानीमा रहेका मानिसहरू चाडपर्व मनाउन धमाधम घर फर्किरहेका छन्।

नयाँ बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले असोज १७ देखि २५ गतेसम्म त्यहाँबाट मात्र दुई लाख सात हजारभन्दा बढी यात्रु बाहिरिएको बताए।

यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा भने समस्या देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले धादिङको गलौँदीमा राजमार्ग भासिँदा गाडीहरू रोकिनाले यात्रु व्यवस्थापनमा कठिनाइ भएको बताए।

महासङ्घले यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र गाडीको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।