दसैँको रौनक घट्दै : गाउँघरबाट हराउन थाले परम्परागत पिङ
- २६ अशोज २०८३
- १ मिनेटको पढाई
दसैँ सुरु भए पनि यसको मुख्य पहिचान मानिने परम्परागत पिङ गाउँघरबाट हराउँदै गएका छन्। पहिले दसैँ आउनुभन्दा एक हप्ता अघिदेखि नै बाबियो बाटेर र बाँस काटेर पिङ हाल्ने चटारो हुन्थ्यो, तर अहिले यो चलन निकै कम भएको छ।
सामाजिक सञ्जालको बढ्दो प्रयोग र मनोरञ्जनका नयाँ विकल्पले गर्दा पिङ हाल्ने चलन हराएको जानकारहरु बताउछन्। पहिलेको जस्तो गाउँमा पिङ हाल्ने उत्साह अहिले नभएकाे बताउछन।
दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने पुरानो मान्यता छ। तर, अहिलेका मानिसहरू सामाजिक सञ्जालमै धेरै व्यस्त हुने भएकाले दसैँको मौलिक परम्परा नै लोप हुन थालेको जानकारहरुकाे भनाइ छ।