३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

काठमाडौँमा लुकेर बसेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँमा लुकेर बसेका १० विदेशी नागरिक पक्राउ

अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न ठाउँमा लुकेर बसेका १० जना विदेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि अध्यागमन विभागलाई बुझाएको छ।

पक्राउ पर्नेमा २० देखि ४६ वर्ष उमेर समूहका मोहमद मुक्तर होसेन, अब्बास अली, रफिक आलम, अजिजुललगायत १० जना छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले उनीहरूलाई सशस्त्र प्रहरीको बाघभैरव गणको टोलीले पक्राउ गरेको बताए।