३० अशोज २०८३, शुक्रबार
16 October 2026, Friday

अपराध नियन्त्रणमा सीमापार सहकार्य आवश्यक : गृहमन्त्री गुरुङ

अपराध नियन्त्रणमा सीमापार सहकार्य आवश्यक : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङले आतङ्कवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराध नियन्त्रण गर्न क्षेत्रीय सहकार्य र सूचना आदानप्रदानमा जोड दिएका छन्। भारतमा सम्पन्न पहिलो बिम्स्टेक गृहमन्त्रीस्तरीय बैठकपछि उनले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रबीच समन्वय अझ बलियो बनाउनुपर्ने बताए।

प्राकृतिक विपद् सीमामा नरोकिने भन्दै उनले बिम्स्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने प्रस्ताव नेपालका तर्फबाट राखेका छन्। “अपराधीको गतिभन्दा छिटो र सीमाभन्दा बलियो सहकार्य आवश्यक छ,” उनले भने।

बैठकका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाहसँग साझा सुरक्षाका विषयमा पनि छलफल गरे। भेटमा नेपाली व्यापारीले भारतीय बजारमा भोगेका चुनौती र भारतमा रहेका नेपालीका समस्याबारे कुराकानी भएको र भारतीय पक्षबाट समस्या समाधानका लागि समन्वय गर्ने प्रतिबद्धता आएको उनले बताए।