पाँच देशका राजदूतले बुझाए राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र
- २८ अशोज २०८३
- १ मिनेटको पढाई
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरूले प्रमाणपत्र पेस गरेका हुन्।
ओहोदाको प्रमाणपत्र बुझाउनेमा युरोपेली सङ्घका आवासीय राजदूत चार्ल्स ह्वीट्ली छन्। त्यस्तै, इन्डोनेसियाका लिस्त्योवाती, घानाका कोजो बोन्सु, सुडानका मोहम्मद अब्दल्ला अली इल्टोम र ब्रुनाइका सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले पनि प्रमाणपत्र पेस गरे। यी चार देशका राजदूत भने गैरआवासीय हुन्।
उक्त समारोहमा सरकारका उच्च अधिकारीहरूको उपस्थिति थियो। प्रमाणपत्र बुझाउन जानुअघि राजदूतहरूलाई लाजिम्पाटदेखि शीतलनिवाससम्म बग्गीमा राखेर लगिएको थियो।