कांग्रेस केन्द्रीय सदस्यमा सीताराम केसी निर्वाचित
- २९ अशोज २०८३
- १ मिनेटको पढाई
काठमाडौं- वरिष्ठ अधिवक्ता सीताराम केसी नेपाली कांग्रेसको केन्द्रीय सदस्य (पेशागत विज्ञ समूह) मा विजयी भएका छन्।
उनको यो ऐतिहासिक जितलाई निरन्तर संघर्ष, समर्पण, नेतृत्व क्षमता र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको प्रतिबद्धताको प्रतिफल मानिएको छ। केसीको लामो अनुभव र सक्षम नेतृत्वले नेपाली कांग्रेसलाई थप बलियो, एकताबद्ध र जनमुखी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास शुभचिन्तकहरूले लिएका छन्।
निर्वाचित भएसँगै उनलाई आगामी दिनमा राष्ट्र, लोकतन्त्र र जनताको हितमा काम गर्न भन्दै विभिन्न क्षेत्रबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रम जारी छ।
