गुजरातको औषधि कारखानामा विस्फोट : ५ मजदुरको मृत्यु, ५ घाइते
- ०१ कार्तिक २०८३
- १ मिनेटको पढाई
भारत – भारतको गुजरातस्थित एउटा औषधि कारखानामा भीषण विस्फोट हुँदा ५ जना मजदुरको मृत्यु भएको छ। घटनामा अरू ५ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति भरुच जिल्लाको औद्योगिक क्षेत्रमा रहेको कारखानामा अचानक ठूलो आवाजसहित विस्फोट भएको थियो। विस्फोटपछि कारखानाबाट अत्यन्तै विषालु र आगो लाग्न सक्ने ग्याससमेत चुहावट भएको अधिकारीहरूले बताए।
ग्यास अन्यत्र फैलिन नदिन प्राविधिक टोलीले तत्काल नियन्त्रणमा लिएका थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पतालमा उपचार भइरहेको छ। कारखानाभित्र विस्फोट कसरी भयो भन्ने अझै खुलेको छैन र प्रहरीले यसको अनुसन्धान गरिरहेको छ।