३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

फ्रान्समा महँगीविरुद्धको आन्दोलन चर्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप, आगजनी र तोडफोड

फ्रान्समा महँगीविरुद्धको आन्दोलन चर्कियो : प्रदर्शनकारी र प्रहरीबीच झडप, आगजनी र तोडफोड

पेरिस – बढ्दो महँगीविरुद्ध र विद्यार्थीहरूको मागको समर्थनमा फ्रान्सभर भएको प्रदर्शन उग्र बनेको छ। राजधानी पेरिससहित विभिन्न ठूला सहरहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुनुका साथै आगजनी र तोडफोडका घटना भएका छन्।

पेरिसको रिपब्लिक चोकमा मुख छोपेका केही प्रदर्शनकारीले प्रहरीमाथि आतिसबाजी र ढुङ्गामुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ। प्रदर्शनका क्रममा सडकमा रहेका सवारीसाधन तथा फोहोरका डब्बामा आगजनी गरिनुका साथै लियोन सहरमा पर्यटन कार्यालयमा समेत तोडफोड भएको छ।

विद्यार्थीका माग र चर्किँदो महँगीको विरोधमा शनिबार फ्रान्सभरका प्रमुख सहरहरूमा नागरिक तथा विद्यार्थीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा विभिन्न ठाउँमा हिंसा भड्किएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।