३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

सिन्धुलीमा गाडी सुनकोशीमा खस्यो : ३ जनाको मृत्यु, ३ बेपत्ता

सिन्धुलीमा गाडी सुनकोशीमा खस्यो : ३ जनाको मृत्यु, ३ बेपत्ता

सिन्धुली – काठमाडौँबाट खोटाङ जाँदै गरेको गाडी सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान गाडी अनियन्त्रित भएर सुनकोशी नदीमा खसेको थियो। ज्यान गुमाउनेमा गाडीका चालक पनि छन्।

गाडीमा जम्मा १० जना यात्रु थिए। दुर्घटनामा परेका मध्ये तीन जना बेपत्ता छन् भने चार जनालाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको छ।

अहिले बेपत्ता भएकाहरूको खोजी गर्न सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएका छन्।