राष्ट्रपति पौडेलद्वारा काठमाडौंका शक्तिपीठहरुको दर्शन
- ०२ कार्तिक २०८३
- १ मिनेटको पढाई
राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको अवसरमा काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन तथा पूजा आराधना गरेका छन्। सोमबार उनले नक्शाल भगवती मन्दिर पुगेर पूजा गर्दै टीका र प्रसाद ग्रहण गरेका हुन्।
दशैंको समयमा राष्ट्रप्रमुखले उपत्यकाका विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहिआएको छ। बडादशैंको आठौं दिन अर्थात् महाष्टमीका दिन आज देशभर माता दुर्गा भवानीको पूजा आराधना गरिन्छ। यसै अवसरमा काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, नक्शाल भगवती, भद्रकालीलगायतका शक्तिपीठहरुका साथै राजधानीबाहिरका मन्दिरहरुमा पनि दर्शनार्थीहरुको बाक्लो घुइँचो लागेको छ।