३ कार्तिक २०८३, मङ्लबार
20 October 2026, Tuesday

मेची–महाकाली जोड्दै ‘श्रीमुक्तिनाथ रथयात्रा’, कात्तिक ८ देखि सुरु हुने

मेची–महाकाली जोड्दै ‘श्रीमुक्तिनाथ रथयात्रा’, कात्तिक ८ देखि सुरु हुने

सनातन धर्मको संरक्षण र धार्मिक पर्यटन बढाउने उद्देश्यले यही कात्तिक ८ गतेदेखि ३० गतेसम्म ‘मेची–महाकाली श्रीमुक्तिनाथ रथयात्रा’ हुने भएको छ। मुक्तिनाथ बाबा (स्वामी कमलनयनाचार्य) को सङ्कल्पमा यो रथयात्रा आयोजना हुन लागेको हो।

कात्तिक ८ गते मुस्ताङको मुक्तिनाथबाट सुरु हुने यो रथयात्राले देशका प्रमुख धार्मिक स्थलहरूको परिक्रमा गर्नेछ। पूर्वदेखि पश्चिमसम्म पुग्ने यस यात्राले सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा जोड्ने विश्वास लिइएको छ। मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले यो अभियानले राष्ट्रिय एकता र सहकार्य बढाउने बताए।

मेचीदेखि महाकालीसम्मका विभिन्न जिल्ला तथा नगरहरूको परिक्रमा गर्दै यो रथयात्रा कात्तिक ३० गते नवलपरासीको त्रिवेणीधाम (गजेन्द्रमोक्ष दिव्यधाम) पुगेर समापन हुनेछ। रथयात्रा समापन भएपछि त्यहीँ मङ्सिर १ गतेदेखि २९ गतेसम्म विराट महायज्ञसमेत आयोजना हुनेछ।