राष्ट्रपति पौडेलले शीतल निवासमा गरे नवकन्या पूजा
- ०३ कार्तिक २०८३
- १ मिनेटको पढाई
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसर पारेर मङ्गलबार शीतल निवासमा नवकन्याको विधिपूर्वक पूजा गरेका छन्। प्रथम महिला सविता पौडेलसहित उनले परम्पराअनुसार नौ जना कन्याको पूजा गरेका हुन्।
नवरात्रमा नवदुर्गाको प्रतीक मानेर नौ जना कन्याको पूजा गर्ने परम्परा छ। दसैँमा दुर्गा भगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गर्ने चलन छ।
पूजाको क्रममा राष्ट्रपति पौडेलले नौ जना कन्याका गोडा धोएर टीका लगाइदिएका थिए। साथै, उनले ती कन्याहरुलाई उपहार पनि दिएका थिए।