सोमबारदेखि अमेरिकाभर १२५ भन्दा बढी आँधी
- २९ बैशाख २०८१
- २ मिनेटको पढाई
सोमबारदेखि अमेरिकाका दक्षिणी भेगमा देखिएको विषम मौसम शुक्रबारसम्म पनि कायम रह्यो । सोमबारदेखि २२ राज्यहरूमा कम्तिमा १२५ वटा टोनार्डो रेकर्ड गरिए । त्यस्तै मिडवेस्टदेखि साउथइस्टसम्म टोर्नाडो, हुरी र असिना पानीका १४०० भन्दा बढी घटना रेकर्ड भएका छन् ।
बिहिबार आयोवा, मिसोरी, जर्जिया र मिसिसिपीमा कम्तीमा पाँचवटा आँधी आएको रिपोर्ट गरिएको थियो । त्यस्तै अस्टिन, टेक्सासको पश्चिममा आएको भिषण असिना पानी जमिनमा पाँच इन्चसम्म मापन भएको मिडियाहरुले लेखेका छन् । केही असिना सफ्टबलभन्दा ठूलो पाइएका थिए । अलामावामा ७६ माईल प्रति घन्टाको गतिमा आएको हुरीले क्षति पुर्याएको रिपोर्ट गरिएको छन् ।
आँधीको सबैभन्दा ठूलो खतराको चेनावनी मे १० , २०२४ मा उत्तरी फ्लोरिडाका लागि दिइएको थियो । शुक्रबार नै जर्जिया र फ्लोरिडा राज्यका केही भागहरूमा चट्याङसहित आँधी चलेको थियो । ‘नेशनल वेदर सर्भिस(एनडब्लुएस)’का शुक्रबार बिहान टल्लाहसीको लियोन काउन्टीमो ‘बहु चक्रिय र राडारद्वारा प्रमाणीत आँधी’ आउने चेतावनी दिइएको थियो । शुक्रवार नै एक घरमाथि रूख खस्दा ताल्लाहसीकी एक महिलाको मृत्यु भएको लियोन काउन्टी शेरिफको कार्यालयले बताएको छ ।
एनएसडब्लुले पनि तल्लाहसी क्षेत्रबाट ‘धेरै क्षतिका घटना’को खबर आएको बताएको छ । ‘तथापि यी घटनाहरु हावा वा आँधीको कारण नै भएका हुन् भनेर ठोकुवाका साथ भन्न सकिएको छैन । दिन बित्दै जाँदा घटनाबारे थप स्पष्टता हुँदै जाला। अहिलेका लागि हामीले सक्रिय मौसमलाई लिएर सतर्क हुन जरुरी छ ,‘एनडब्लुएसले समाजिक सञ्जाल एक्समा राखेको सूचनामा उल्लेख छ । प्रारम्भिक रिपोर्टहरूले छेउको ग्याड्सडेन काउन्टीमा शुक्रबार बिहान तीन वटा टोर्नेडो निर्माण भएको संकेत देखिएको ‘लियोन काउन्टी इमरजेन्सी म्यानेजमेन्ट’ले एक वक्तव्य जारी गर्दै बताएको छ । उसले यस क्षेत्रमा टोर्नाडोले त्यस भेगमा असर गरेको पुष्टि गर्न एनडब्लुएससँग सहकार्य गरिरहेको बताएको छ ।
पछिल्लो आँधी प्रणालीले ‘लियोन काउन्टीका सबै भागमा गम्भीर अवस्था’ निम्त्यायो र तिनका कर्मचारी दलहरूले ढलेका रूखसम्बन्धी फोनको प्रतिक्रिया दिईरहेको र भवनहरूको मूल्याङ्कन गरिरहेको लियोन काउन्टी इमरजेन्सी म्यानेजमेन्टको विज्ञप्तिमा उल्लेख छ । टल्लाहसीस्थित फ्लोरिडा स्टेट युनिभर्सिटीका क्याम्पसहरू विषम मौसमका कारण शुक्रबार पनि बन्द गरिएका थिए । विश्वविद्यालयका कर्मचारीहरूले क्षतिको मूल्याङ्कन र सफाईको काम चलिरहेको जानकारी दिए । फ्लोरिडामा शुक्रबार साँझ १,४२,००० भन्दाबढि उपभोक्त विजुलीविहीन थिए ।
यसैबीच, क्यारोलिनास र जर्जियामा शुक्रबार दिउँसो आँधीको नयाँ रेखा बन्न सक्ने अनुमान गरिएको छ । क्यारोलिनासका केही भागहरूमा बेलुका ९ बजेसम्म गर्जनसहितको आँधीबेहरीको प्रक्षेपण गरिएको छ । यी आँधीले ल्याउने हुरी, असिना र चट्याङबाट जनजनको क्षति हुनसक्ने अनुमान गएिको छ । आँधीको खतरा एकदम कम छ तर नकार्न सकिँदैन । विषम मौसमको जोखिम सप्ताहन्तमा कम हुनेछ । यस सप्ताहन्तको अन्त्यबाट विकसित भएर अर्को हप्तासम्म कायम रहने नयाँ आँधी प्रणालीले टेक्सासदेखि खाडी तट(गल्फ कोस्ट)मा धेरै भारी वर्षा ल्याउन सक्छ । जर्जियामा अचानक आउनसक्ने बाढी(फ्ल्याश फ्लड)को सम्भवना छ । स्थानीय रूपमा, खाडी तटका केही क्षेत्रमा आगामी केही दिनमा आधा फिटभन्दा बढी वर्षा हुन सक्छ ।
भ्याईस अफ अमेरिकाबाट