२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मेक्सिको-ग्वाटेमालामाको सीमा नजिकै शक्तिशाली भूकम्पको धक्का

मेक्सिको-ग्वाटेमालामाको सीमा नजिकै शक्तिशाली भूकम्पको धक्का

मेक्सिको र ग्वाटेमालाको सीमा नजिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। ६ . ४ रेक्टरको भूकम्प आएपछि मानिसहरु त्रसित भएका थिए। उनीहरू घरबाट निस्केर सुरक्षित स्थानतर्फ गएका थिए।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेलाई उद्धृत गर्दै समाचार एजेन्सी ‘रोयटर्स’ ले यो भूकम्प जमिनको गहिराइबाट ४७ माइल (७५ किलोमिटर) तल रहेको जनाएको छ। तर, राम्रो कुरा के हो भने यी भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षति भएको खबर छैन। मेक्सिकोको नेशनल सिभिल प्रोटेक्सन एजेन्सीले सामाजिक सञ्जालमा भूकम्पसँग सम्बन्धित अवस्थाको अनुगमन गरिरहेको बताएको छ।

यसैबीच, ग्वाटेमालाको विपद् व्यवस्थापन विभागले मेक्सिकोसँगको सिमानामा रहेको क्वेट्जाल्टेनाङ्गो र सान मार्कोसमा केही भवनहरू (पहिरोका कारण) क्षतिग्रस्त भएको र सडक अवरुद्ध भएको जनाएको छ।
समाचार एजेन्सी एसोसिएट प्रेस (एपी) ले अमेरिकी सुनामी चेतावनी प्रणाली र मेक्सिकोको नौसेनालाई उद्धृत गर्दै अहिले कुनै सुनामीको खतरा नरहेको बताएको छ।