फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण : २ प्रहरीको मृत्यु, ३ जना घाइते
- ०२ जेष्ठ २०८१
- १ मिनेटको पढाई
पेरिस : फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण हुँदा दुई प्रहरी अधिकारीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
मंगलबार फ्रान्सको नर्मन्डीको रुएन नजिकै आक्रमण भएको थियो। ‘द फ्लाई’ भनेर चिनिने कैदी मोहम्मद अम्रालाई अदालतबाट जेल लैजाँदै गर्दा टोल बुथमा कारले जेल भ्यानलाई ठक्कर दिएको थियो। बन्दुकधारीहरूले त्यसपछि जेल अफिसरहरूमाथि गोली चलाएका थिए।
आक्रमणपछि कैदीहरू घटनास्थलबाट फरार भएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा लेख्दै दोषीहरू पत्ता लगाउन सबै काम भइरहेको बताएका छन्।
यस हमलापछि सयौं प्रहरी आक्रमणकारीको खोजीमा जुटेका छन्।
३० वर्षीय कैदी अम्राको दक्षिणी सहर मार्सेलीको एउटा गिरोहसँग सम्बन्ध रहेको बताइएको छ, जुन लागूऔषधसँग सम्बन्धित र हिंस्रक गिरोहको रुपमा चिनिन्छ।
फ्रान्सेली न्याय मन्त्री एरिक डुपोन्ड-मोरेटीका अनुसार प्रहरी अधिकारीहरूलाई कैदीका सहयोगीहरूले ‘भारी हतियार’ले गोली हानेका थिए। त्यसपछि आक्रमणकारीहरू कारमा भागेका थिए।
उक्त घटनापछि पूरै उत्तर-पश्चिम फ्रान्स घेराबन्दी गरिएको छ र पुलिसले हरेक जानकारीको निगरानी गरिरहेको छ।