२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

गाजामा तत्काल सहायता बढाउन आवश्यक : जो बाइडेन

गाजामा तत्काल सहायता बढाउन आवश्यक : जो बाइडेन

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन्। प्यालेस्टाइनीहरू युद्धका कारण निकै पीडा भोगिरहेका बताउँदै उनले सहायता आवश्यक भएको बताएका हुन्।

सहायताको पहिलो खेप समुद्री मार्गबाट ​​गाजा आइपुगेको पुष्टि गरेपछि जो बाइडेनले यस्तो सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त कुरा बताएका हुन्।

जो बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै भने, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौं।’

यसअघि अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप आइपुगेको पुष्टि गरेको थियो।