हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिरको निधन
- ०७ जेष्ठ २०८१
- १ मिनेटको पढाई
इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेनको मृत्यु भएको पुष्टि गरेका छन् । यो हेलिकप्टर आइतबार दुर्घटनामा परेको थियो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रूपमा जलेको बताएका छन् ।
उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो ।
टर्किएले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो ।
हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर(अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दल सवार थिए ।