२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

सन्दीप लामिछानेले विश्वकप गुमाउने, अमेरिकाले दिएन भिसा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन्। अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।

क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन्। उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।

विश्वकप खेल्न नपाएपछि उनले आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। बलात्कार अभियोग लागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय भएको मुद्दा उल्टाउँदै पाटनले आरोप पुष्टि नहुने भन्दै लामिछानेलाई सफाइ दिएको थियो।