७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा

प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने नर्वे, स्पेन र आयरल्यान्डको घोषणा

आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई राज्यको रूपमा औपचारिक मान्यता दिने घोषणा गरेका छन्।

नर्वेले घोषणा गरेको केही समयपछि आयरल्यान्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने घोषणा गरेका हुन्।
बीबीसीका अनुसार यी देशले मे २८ तारिखबाट प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिनेछन्। इजरायलले भने उक्त निर्णयले सो क्षेत्रमा थप अस्थिरता हुने चेतावनी दिएको छ। प्रतिक्रिया स्वरुप इजरायलले आयरल्यान्ड, नर्वे र स्पेनबाट आफ्ना राजदूतहरू फिर्ता बोलाउन लागेको छ।
स्पेन र आयरल्यान्डले आफूहरूको निर्णय इजरेलको विपक्षमा र हमासको पक्षमा नभई शान्तिप्रति समर्थन भएको बताएका छन्।

हमास र उसको प्रतिद्वन्द्वी प्यालेस्टिनी अथोरिटी दुवैले तीन देशको कदमको स्वागत गरेका छन्।