९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

भारतको राजधानीमा रहेको गृह मन्त्रालयको कार्यालयमा बम विस्फोटको धम्की झुटो

भारतको राजधानीमा रहेको गृह मन्त्रालयको कार्यालयमा बम विस्फोटको धम्की झुटो

भारतको राजधानी नयाँदिल्लीमा गृह मन्त्रालयको कार्यालयभित्र र बाहिर गहन सरसफाइ र खोजी अभियानपछि बमको धम्की झुटो सावित भएको अधिकारीहरूले बताएका छन् ।

प्रहरीका अनुसार दिल्लीको नर्थ ब्लकमा रहेको सङ्घीय गृह मन्त्रालयको कार्यालयलाई बुधबार एउटा इमेल आएको थियो । जसमा कार्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको र त्यसले भवन उडाइने लेखिएको थियो ।

डिस्ट्रेस कल पाएलगत्तै प्रहरीको बम डिस्पोजल टोली र दमकल मन्त्रालयको कार्यालयमा पुगे पनि भवनमा व्यापक खोजी गर्दा पनि शङ्कास्पद वस्तु फेला परेन ।

यो घटना राष्ट्रिय राजधानीका विद्यालय, विमानस्थल र अस्पतालहरूमा पठाइएको होक्स बम इमेलहरूको शृङ्खलामध्ये सबैभन्दा नयाँ हो । दिल्लीबाहेक जयपुर, लखनउ, कानपुर र अहमदाबादका विद्यालयहरूलाई पनि यस्तै धम्की आएको छ ।

अधिकारीहरूले यी इमेलहरूको उत्पत्ति पत्ता लगाउन यस विषयमा अनुसन्धान गरिरहेका छन् ।