पपुवा न्युगिनीमा पहिरोमा परी १०० जनाको मृत्यु
- ११ जेष्ठ २०८१
- १ मिनेटको पढाई
पपुवा न्यू गिनीको विकट गाउँमा ठूलो पहिरो गएको र उक्त पहिरोमा परी १०० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ। गाउँलेहरू मिलेर पहिरोमा पुरिएका मानिसको शव निकालिरहेका छन्।
इन्गा प्रदेशको काओकलाम गाउँमा बिहान ३ बजे पहिरो गएको हो।
स्थानीय जनताका अनुसार पहिरोमा परेर १०० जनाको मृत्यु भएको आशंका गरिएको अष्ट्रेलियाको सरकारी मिडिया एबीसीले जनाएको छ। तर आधिकारिक रुपमा हालसम्म मृतकको संख्या भने खुलाइएको छैन ।
पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले एबीसीसँग कुरा गर्दै पहाडमा पहिरोका कारण घरहरु ध्वस्त भएको बताएकी छन् ।
उनले भनिन्, ‘जब यो दुर्घटना भयो, मानिसहरू सुतिरहेका थिए र पूरै गाउँ पहिरोले पुरिएको थियो । १०० भन्दा बढी व्यक्ति जमिनमा पुरिएको हुनसक्ने आशंका उनले व्यक्त गरिन्। बीबीसी