९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश

इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न अन्तर्राष्ट्रिय न्यायालयको आदेश

अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको छ।

आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो । आईसीजेले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने भन्दै प्यालेस्टाइनीहरूको लागि खतरा रहेको बताएको छ ।

आईसीजेले इजरायललाई आजको निर्णयमा लिने कदमबारे एक महिनाभित्र प्रतिवेदन बुझाउन भनेको छ।

अन्तर्राष्ट्रिय न्यायालयको निर्णय

रफाह मा सैन्य अपरेशन बन्द गर्नुपर्छ।
इजिप्टसँगको रफाहको सिमाना मानवीय सहायताका लागि खोलिनुपर्छ।
यी विषयमा चालिएका कदमको प्रतिवेदन एक महिनाभित्र बुझाउनुपर्छ ।
हालैका दिनहरूमा इजरायलले रफाहमा सैन्य कारबाहीलाई तीव्र पारेको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा सञ्चालन भइरहेको अपरेशन आवश्यक रहेको बताएका छन् ।

रफाहमा इजरायलको अभियानका कारण हजारौं प्यालेस्टाइनीको जीवन खतरामा परेको अमेरिकालगायत धेरै मानवीय संस्थाहरूले आशंका व्यक्त गरेका छन् । हाल १० लाखभन्दा बढी प्यालेस्टाइनीले रफाहमा शरण लिएका छन् ।