९ मंसिर २०८१, आइतवार
24 November 2024, Sunday

पपुवा न्यू गिनीमा पहिरोपछि रोगको जोखिम बढेकोे राष्ट्रसङ्घको चेतावनी

पपुवा न्यू गिनीमा पहिरोपछि रोगको जोखिम बढेकोे राष्ट्रसङ्घको  चेतावनी

पपुवान्यूगिनी: पपुवा न्यू गिनीमा घातक पहिरोबाट बचेका व्यक्तिले रोगको प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पर्याप्त खाना र सफा खानेपानीको आपूर्ति नपाएको राष्ट्रसङ्घीय निकायले बिहीबार जनाएको छ ।

माटो, ठूला चट्टान र भग्नावशेषको थुप्रोमा पहाडी समुदाय गाडिएको छ दिनपछि राष्ट्रसङ्घको आप्रवासन निकायले पानीको स्रोतहरू दूषित भएको र रोगको जोखिम बढेको बताएको छ । यस क्षेत्रको धेरैजसो पानी पहिरोको स्थलबाट बग्छ ।

अहिले भग्नावशेषबाट बग्ने खाडलहरू दूषित भएकाले रोगको प्रकोपको जोखिम खडा गरेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मूल्याङ्न प्रतिवेदनमा साझेदारहरूलाई बताएको छ ।

पानीलाई पिउनका लागि सुरक्षित बनाउन प्रशोधन गर्ने कुनै विधिहरू प्रयोग नगरिएकाले मलेरियालगायतका रोगको चेतावनी दिँदै राष्ट्रसङ्घले यस्तो भनेको होे ।

गत हप्ताको धेरैजसो समयदेखि यम्बेली र लपाक वार्डका बासिन्दाहरूले पहिरोमा प्रिएका आफन्तहरूको खोजीमा अनगिन्ती टन माटो उत्खनन गर्दै आएका छन् । प्रत्यक्षदर्शीहरूले मृत शरीरको दुर्गन्ध अत्यधिक भएको बताएका छन् भने स्थानीय अधिकारीहरूले ६ देखि ११ जनाको शव फेला परेको बताएका छन् ।

साइटमा पानी शुद्धिकरण ट्याब्लेटहरू र जीवन बचाउने खाद्य आपूर्ति गर्न संयुक्त राष्ट्रको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले शीर्ष प्राथमिकताहरूका रूपमा सूचीबद्ध गरेको थियो । पहिरोले समुदायमा आउने र जाने मुख्य सडक पनि काटिएकोमा अझै सहज हुन सकेको छैन ।

भारी मेसिनरी आइपुगेपछि ९० हजार वर्ग मिटर नाप्ने विपद् क्षेत्र भए पनि काम गरेपछि मृतकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ । एङ्गा प्रान्तीय प्रशासक स्यान्डिस साकाले “अस्थिर भूमि आवागमनको जोखिमका कारण त्यस्ता मेसिनरी, इन्जिनियर वा प्राविधिक प्रस्तावहरू प्राप्त गर्न सम्भव नभएको बताए ।

सहायता एजेन्सी तथा विदेशी दाताहरूले मृतक, घाइते र विस्थापितको सङ्ख्याको बारेमा अविश्वसनीय अनुमानहरूले अन्तर्राष्ट्रिय प्रतिक्रियालाई जटिल बनाएकोमा चिन्तित छन् । प्रभावित क्षेत्र र जनसङ्ख्याको बारेमा सही र समयमै जानकारीको अभावले प्रभावकारी योजना र मानवीय सहायताको वितरणमा बाधा पुर्याउने आइओएमले चेतावनी दिएकाे छ।