२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

न्युयोर्क- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन न्युयोर्क आइपुगेका छन् ।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरे। मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए।

मन्त्री पौडेलले सोमबार र मङ्गलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोगले जनाएको छ ।