अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे
- २१ जेष्ठ २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क-अमेरिकी अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन् । उनले रुसी मूलकी जीवविज्ञानी एलेना झुकोभालाई आफ्नो पाँचौं श्रीमती बनाएका छन् । जुकोभा रुपर्टभन्दा २६ वर्ष कान्छी छिन् ।
उनको उमेर ६७ वर्ष छ । उनीहरु दुवैले शनिबार क्यालिफोर्नियामा विवाह गरेका हुन् । दुवैले ३ महिनाअघि मात्रै इन्गेजमेन्टको घोषणा गरेका थिए । मर्डोकको कुल सम्पत्ति १९९० करोड अमेरिकी डलर छ ।
रुपर्ट मर्डोकले यसअघि २०१६ मा मोडल तथा अभिनेत्री जेरी हलसँग विवाह गरेका थिए । उनीहरु दुवैले ६ वर्षपछि २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।
रुपर्ट मर्डोकको पहिलो विवाह सन् १९५६ मा अस्ट्रेलियाली उडान परिचर प्याट्रिसिया बुकरसँग भएको थियो । ४ वर्षपछि सन् १९६० मा दुवैको सम्बन्धविच्छेद भयो । त्यसपछि मर्डोकले आफ्नी दोस्रो पत्नी अन्ना टोर्भसँग तीस वर्षभन्दा बढी समय बिताए ।
अन्ना एक चर्चित पत्रिकामा रिपोर्टर थिइन् । दुवैले सन् १९९९ मा सम्बन्धविच्छेद गरेका थिए । केहि महिना पछि, मर्डोकले वेन्डी डेंगसँग विवाह गरे, जुन २०१३ मा समाप्त भयो । चौथो पटक उनले सन् २०१६ मा मोडल जेरी हलसँग विवाह गरे । मर्डोकका विभिन्न विवाहबाट ६ सन्तान छन् ।