पक्राउ परेका अमेरिकी पत्रकार इभानमाथि जासुसीको मुद्दा चलाइने
- ३२ जेष्ठ २०८१
- १ मिनेटको पढाई
मस्काे: जासुसीको आरोपमा रुसमा गिरफ्तार भएका पत्रकार इभान गेर्शकोविचलाई मुद्दा चलाइने भएको छ ।
रुसी अभियोजक जनरलको कार्यालयले गेर्शकोविचलाई पहिलो पटक हिरासतमा राखेको एक वर्षभन्दा बढी समयपछि अभियोग लगाइएको बताएको छ । दोषी प्रमाणित भएमा उनलाई २० वर्षको जेल सजाय हुनेछ । यद्यपि गेर्शकोविच, अमेरिकी सरकार र उनका कर्मचारीले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
गेर्शकोविचको गिरफ्तारीको दुई हप्ता पछि, अमेरिकी विदेश मन्त्रालयले यसलाई गलत नजरबन्दी भनेर प्रतिक्रिया दिएको थियो । रुसी अभियोजकहरूले देशको संघीय सुरक्षा सेवा ९एफएसबी० ले कागजातहरू जाँच गरेको बताए । यस अवधिमा गेर्शकोविच सीआईएको निर्देशनमा काम गरिरहेको पत्ता लागेको रुसले बताएको छ ।
यसबारे प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले गेर्शकोविचमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् । पक्राउपछि ३२ वर्षीय अमेरिकी पत्रकारलाई मस्कोको कुख्यात लेफोर्टोभो जेलमा राखिएको छ । विदेश मन्त्रालयका एक अधिकारीले बिहीबार इभान गेर्शकोभिचको हिरासत र अनुसन्धान प्रक्रिया समाप्त भएको जानकारी दिए । तर, यस विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गेर्शकोविचलाई रिहा गर्न अमेरिकासँग सम्झौता गर्न सकिने बताएका थिए ।
बढ्दो तनावका बीच रुसले धेरै अमेरिकीहरूलाई हिरासतमा लिएको छ। गत वर्ष जुनमा रुसी-अमेरिकी पत्रकार आल्सु कुर्मासेवालाई हिरासतमा लिइएको थियो । ब्यालेरिना केसेनिया क्यारोलिनालाई जनवरीमा हिरासतमा राखिएको थियो ।