चीनलाई नेटो प्रमुखको चेतावनी : रसियालाई सघाइरहे त्यसको परिणाम भोग्नुपर्नेछ
- ०४ असार २०८१
- १ मिनेटको पढाई
वासिंटन : उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का प्रमुख जेन्स स्टोल्नेनवर्गले युक्रेनमाथिको आक्रमणमा रसियालाई सहयोग गरिरहे चीनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।
चीनले रसियाको युद्धको प्रयासलाई सघाउने र युरोपेलीसँग पनि सम्बन्ध विस्तार गर्ने दुवै खालका काम एक साथ गरिरहेको समेत उनले आरोप लगाएका छन् । ‘यो लामो समयसम्म चल्न सक्दैन’ स्टोटेनवर्गले बीबीसीसँग वासिंटन भ्रमणका क्रममा भनेका छन् । उनले रासायनिक हतियार र प्रतिरक्षा बजेटको बारेमा समेत चर्चा गरेका छन् ।
रसियालाई चीनको समर्थनका बारेमा केही गर्ने तयारीबारेमा राखिएको जिज्ञासामा उनले नाकाबन्दीको बारेमा कुराकानी भइरहेको समेत जनाएका छन् । ]चीनले थुप्रै प्रविधि सेयर गरिरहेको आरोप लगाउँदै जसमा माइक्रो इलेक्ट्रोनिक पनि रहेको र त्यो रसियाका लागि निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ । चीनले यो क्रम रोकेन भने कुनै चरणमा गएर कुनै प्रकारको आर्थिक मूल्य भोग्नुपर्ने समेत उनले बताएका छन् । बीबीसी