बेलायत चुनाव : लेबर पार्टी ठूलो जिततर्फ अग्रसर, ऋषि सुनकको दल खुम्चियो
- २१ असार २०८१
- १ मिनेटको पढाई
बेलायतमा लेबर पार्टी ठूलो जिततर्फ अघि बढेको छ । योसँगै वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी पराजयको संघारमा रहेको बीबीसीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार लेबर पार्टीले अहिलेसम्म ९५ सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले ११ सिट मात्रै जित्न सकेको छ । एक्जिट पोलका अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान छ ।
जबकि कन्जरभेटिभ पार्टीले जम्मा १३१ सिट प्राप्त गरेको देखिन्छ ।
विजयसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किन लागेको हो । लेबर पार्टीका नेता केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्न सक्नेछन् ।
कियर स्टाररले सामाजिक सञ्जालमा मतदाताहरूलाई धन्यवाद दिएका छन् ।