२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच लगायो

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच लगायो

अन्तरिक्ष स्पेश स्टेशनको बाहिरी हिस्सामा चीनले सुरक्षा कवच अर्थात् खोल लगाएको छ । यसलाई अन्तरिक्ष विज्ञानको इतिहासमा पहिलो अभ्यास मानिएको छ । गएको हप्ता रुसको एउटा पुरानो भूउपग्रह पड्किएको थियो ।

त्यसको नजिकै रहेको चीनको स्पेश स्टेशन तियानगाङ्गतिर फोहो आउन थाल्यो । त्यस्तो फोहोर स्टेशनमा लाग्नु अघि नै चीनले स्टेशनको चारैतिर कवच लगाइदियो । यो काम चीनको शेनझोउ–१८ मिशनका दुई अन्तरिक्ष यात्रीहरूले गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेश स्टेशनको तार र पाइपलाइन सुरक्षित राख्ने उदेश्यले दुवै चिनियाँ अन्तरिक्षयात्रीले साढे ६ घण्टा लगाएर चारैतिर सुरक्षा कवच लगाएका थिए । यसैबिच शेनझोउ–१७ अन्तरिक्ष यात्री अन्तरिक्षबाट फर्किएपछि हिजो पत्रकारसँग भेटघाट गरेका छन् ।

शेनझोउ–१७ चालक दल मिसनका तीन अन्तरिक्ष यात्रीले दुई महिनाअघि अन्तरिक्षबाट फर्किएपछि पहिलो पटक सार्वजनिक रूपमा पत्रकारसँग भेटघाट गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चालक दलका तीन सदस्य ताङ होङ्बो, ताङ सेङ्जी र जियाङ जिनलिन शारीरिक र मानसिकरुपमा स्वस्थ रहेका छन् ।

चीनले सन् २०२३ अक्टोबर २६ तारिखमा शेनझोउ–१७ मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो र चालक दल यसवर्ष अप्रिल ३० तारिखमा पृथ्वीमा फर्किएको थियो ।