१० मंसिर २०८१, सोमवार
25 November 2024, Monday

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

संयुक्त राष्ट्रसङ्घीय प्रमुखद्वारा साना उद्यमलाई बलियो समर्थनको लागि आह्वान

संयुक्तराष्ट्रसङ्घ। संयुक्तराष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार रोजगारी सिर्जना गरी गरिबी उन्मूलन गर्न सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) लाई बलियो सहयोग गर्न आह्वान गरेका छन् ।

सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवसको सन्देशमा गुटेरेसले रोजगार सिर्जना गर्न, आर्थिक विकासलाई अगाडि बढाउन र महिला, युवा र सीमान्तकृत समुदायहरूको सशक्तिकरणमा उनीहरूको महत्त्वपूर्ण योगदानलाई जोड दिँदै एमएसएमईहरू विश्वभरका अर्थतन्त्रहरूको केन्द्रबिन्दु भएको बताए ।

यस वर्षको विषयवस्तु गरिबी उन्मूलन र दिगो विकास लक्ष्यहरू प्राप्त गर्न यी उद्यमहरूको भूमिकामा केन्द्रित भएको जनाउदै उनले सङ्कटको समयमा एमएसएमईले उल्लेखनीय लचिलोपन प्रदर्शन गरेको बताएका छन् ।

एमएसएमईले वित्त, प्रविधि, बजार र आपूर्ति श्रृङ्खलामा सीमित पहुँचको सामना गर्नु परेको उल्लेख गर्दै गुटेरेसले यी उद्यमहरूलाई नीति, समर्थन संरचना र लगानी चाहिने प्रकाश पारे । जसले उनीहरूको विकास र औपचारिकतालाई बढावा दिई फलस्वरूप, समुदायहरूलाई समृद्ध बनाउन, कमजोरको उत्थान गर्न मद्दत गर्दछ ।

सूक्ष्म, लघु र मध्यम आकारको उद्यम दिवस मनाउँदा संस्थाको समर्थन बलियो बनाउने, दिगो विकास लक्ष्यतर्फको प्रगतिलाई गति दिने र कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धता उनले दोहोर्याए ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर ९० प्रतिशत व्यवसाय ६०–७० प्रतिशत रोजगारी र कुल गार्हस्थ्य उत्पादनको ५० प्रतिशत हिस्सा एमएसएमईले ओगटेको छ ।

अप्रिल २०१७ मा, राष्ट्रसङ्घीय महासभाले संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यको उपलब्धिमा एमएसएमईको योगदानको बारेमा चेतना जगाउन जुन –२७ लाई सूक्ष्म, साना र मध्यम आकारको उद्यम दिवसको रूपमा तोकिएको थियो ।