२७ फाल्गुन २०८२, बुधबार
11 March 2026, Wednesday

हङकङमा आइतबार आँधीको सम्भावना

हङकङमा आइतबार आँधीको सम्भावना

हङकङमा आइतबार आँधी (टाइफुन) आउन सक्ने अब्जर्भेटरीले जनाएको छ।

फिलिपिन्समा नजिकै उत्पन्न हुने आँधीले आइतबार बिहान हङकङ नजिकै चक्रवातमा विकास हुन सक्ने अब्जर्भेटरी बताएको हो।

मौसम परिवर्तनका कारण यस वर्ष हङकङमा सामान्यभन्दा धेरै आँधी आउने सम्भावना रहेको वर्षको सुरुमै अब्जर्भेटरीले बताइसकेको छ।

यस वर्ष सहरको पाँच सय किलोमिटरभित्र पाँचदेखि आठ वटासम्म आँधी आउन सक्ने पूर्वानुमानकर्ताले अनुमान गरेका छन्। (एजेन्सी)