ट्रम्पमाथिको गोली प्रहार हत्या प्रयास नै हो : एफबीआई
- ३० असार २०८१
- १ मिनेटको पढाई
वासिङ्टन डीसी – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिल्भेनियाको एक र्यालीमा गोली हानेपछि प्रहरी र एफबीआईले आयोजना गरेको पत्रकार सम्मेलनमा थप जानकारी दिइएको छ।
एफबीआई फिल्ड अफिसर केभिन रोजेकले घटनालाई हत्याको प्रयासको रूपमा व्यवहार गरिएको पुष्टि गरेका छन् ।
उनले भने, “आज साँझ हाम्रा पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।”
यसै क्रममा प्रहरीले गोली प्रहार गर्नेको पहिचान गर्ने प्रयास भइरहेकाे जानकारी दिएको छ ।
प्रहरीले गोली प्रहार गर्ने शंकास्पद व्यक्तिको नाम अबको केही घण्टामा सार्वजनिक गर्ने जनाएको छ ।
साथै, घटनामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।
पत्रकार सम्मेलनमा अमेरिकी सेक्रेट सर्भिसका कुनै पनि व्यक्ति थिएनन् । एफबीआईका विशेष एजेन्ट केभिन रोजेकले यस प्रेस सम्मेलनमा सेक्रेट सर्भिसका व्यक्ति आउन नपाएको बताए ।